adv

७१६ पालिकाको नतिजा आयो, ३७ पालिकाको नतिजा आउँन बाँकी

कांग्रेस ३१४ पालिकामा विजयी

८ जेठ, दमक ।


स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । आइतबार साँझ ७:३० बजेसम्मको प्राप्त मत परिणाम अनुसार देशैभरका ७१६ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ ।

अब ३७ पाकिलाको नजिता आउन बाँकी छ । ती पालिकामा मत गणना जारी रहेको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म प्राप्त मत परिणामका आधारमा नेपाली कांग्रेसले विराटनगर महानगरपाकिलासहित १२८ पालिका प्रमुख र १८६ पालिका अध्यक्ष गरी ३१४ पालिकामा जितेर पहिलो दल बन्ने दौडमा छ । कांग्रेस मत गणना जारी रहेका ललितपुर महानगरपालिकासहित ११ पालिकामा अग्रस्थानमा छ ।

त्यस्तै नेकपा एमालेले ७२ पालिका प्रमुख र १२१ पालिका अध्यक्ष गरी १९३ पालिकामा बाजी मार्दै दोस्रो स्थानमा छ । एमाले हाल ११ पालिका प्रमुख र २ पालिका अध्यक्षको लागि अगुवाई गरिरहेको छ । उपमहानगरहरुमा अग्रता कायम राखेको एमालेले महानगरमा भने अगुवाई गरेको छैन ।

हालसम्म नेकपा माओवादी केन्द्रले २४ पालिका प्रमुख र ९६ पालिका अध्यक्ष गरी १२० पालिकामा जित दर्ज गरेको छ । भरतपुर महागरपालिकासहित २ पालिका प्रमुखका लागि उसको अग्रता कायमै छ ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले ८ पालिका प्रमुख र २१ पालिका अध्यक्षसहित २९ पालिका जितेको छ भने विरगञ्ज महानगरपालिकासहित २ पालिकामा अघि छ ।

नेकपा (एकीकृत समाजवादी) ले ९ पालिका प्रमुख र ८ पालिका अध्यक्षसहित १७ पालिका जितेको छ भने पोखरा महानगरपालिकासहित २ पालिकाका अग्रता कायम राखेको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १४, स्वतन्त्रतर्फ ११ र अन्य दलका गरी ४३ पालिकमा जित निकालेका छन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु