adv

७२७ पालिकाको नतिजा आयो

  • ४२ प्रतिशत भन्दा बढी पालिका कांग्रेसको कब्जामा

  • खुम्चियो एमाले

९ जेठ, दमक ।


स्थानीय तह निर्वाचनको सोमबार दिउँसो २ बजेसम्मको ताजा मत परिणाम अनुसार ३२० पालिकामा जित निकाल्दै नेपाली कांग्रेसले आफ्नो अग्रतालाई कायम राख्न सफल भएको छ । कांग्रेसले ७२७ पालिकाको नतिजा आइसकेको अवस्थामा ४२.४९ प्रतिशत पालिकामा आफ्नो कब्जा जमाएको हो ।

मत गणना हुन बाँकी २४ पालिकामध्ये कांग्रेसले ललितपुर महानगरपालिकासहित ७ पालिकामा आफ्नो अग्रता कायम राखेको छ । २ नगरपालिकामा भने प्राविधिक कारणले निर्वाचन प्रक्रिया रोकिएको छ ।

त्यस्तै २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले यस पटक भने खुम्चिएको छ । एमालेले अहिलेसम्म १९८ पालिकामा बाजी मार्दै दोस्रो स्थानमा छ । एमालेले अहिले मत गणना जारी रहेका ५ पालिकामा अग्रता गरिरहेको छ ।

१२० पालिकामा जित दर्ज गरेको नेकपा माओवादी केन्द्र मत गणना जारी रहेको भरतपुर महागरपालिकासहित २ पालिकामा अग्रणी स्थानमा छ ।

त्यस्तै २९ पालिका जितेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) विरगञ्ज महानगरपालिकाको जारी मत गणनामा अघि छ ।

नेकपा (एकीकृत समाजवादी) ले १७ पालिकाा जित निकाल्दै पोखरा महानगरपालिकामा जारी मत गणनामा अग्रता कायम राखेको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १४, स्वतन्त्रतर्फ ११ र अन्य दलका गरी ४३ पालिकमा जित निकालेका छन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु