९ जेठ, काठमाडौं ।

आगामी आर्थिक वर्ष २०७९÷८० बजेट निर्माण कार्यलाई पूर्णता दिन सोमबारदेखि अर्थ मन्त्रालयले ‘डोर क्लोज’ गरेको छ ।
अर्थ मन्त्रालयमा सोमबारदेखि बजेट निर्माण कार्य सम्पन्न नभएसम्म कर्मचारी बाहेक अन्य व्यक्तिको प्रवेश रोकिएको हो ।
आउँदो मंगलबार सरकारले नीति तथा कार्यक्रम ल्याउने कार्यक्रम छ । बजेटसँग सम्बन्धित सबै कार्यलाई अन्तिम रूप दिन ढोकाहरु बन्द गरिएको मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले बजेट निर्माण गर्दा एक हप्ता अघिबाट मुख्यद्वार बाहेक अन्य ढोकाहरु बन्द गर्ने गर्छ । मुख्यद्वारमा समेत सुरक्षाकर्मी राखेर मन्त्रालयका कर्मचारी र बजेट निर्माणसँग सम्बन्धित व्यक्तिहरुलाई मात्र प्रवेशको अनुमति दिने गरिन्छ ।
आगामी आर्थिक वर्षका लागि सरकारले निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापनका लागि कृषि र स्वदेशी उद्योगलाई प्राथमिकतामा राखेर बजेट ल्याउने भनेको छ ।

