adv

होचो कद, अग्लो कीर्तिमान

१० जेठ, दमक ।

गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले प्रदान गरेको प्रमाणपत्रका साथ खपाङ्गी ।

होचो कथका किशोर डोरबहादुर खपाङ्गीले उचाइकै कारण अग्लो कीर्तिमानी बनाएका छन् ।

सिन्धुलीका १८ वर्षीय खपाङ्गीले विश्वकै होचो किशोरको रूपमा विश्व रेकर्ड बनाएका हुन् ।

खपाङ्गी १८ वर्षको उमेरमा ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला छन् । उनी संसारकै होचा किशोर (टीनएजर) को रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाउन सफल भएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच खपाङ्गीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु