साना आयोजना प्रदेश र स्थानीय सरकारलाई दिइने
१० जेठ, दमक ।

सरकारले आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसद्मा पेस गरेको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा यसै वर्ष पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने, आगामी वर्षदेखि उखु किसानले उखु क्रसिङ भएकै वर्ष पैसा पाउने, राष्ट्रिय योजना आयोगको सिफारिसमा परेका आयोजनाहरूले मात्र बजेट पाउने आदि उल्लेख छन् ।
सरकारले राष्ट्रिय गौरवका आयोजना र ठूला र महत्त्वपूर्ण आयोजना बाहेकका अन्य आयोजना प्रदेश सरकार र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठका लागि तलको लिंकमा जानुहोस् :

