adv

रियल मेड्रिड १४औं पटक यूईएफए च्यम्पियन

१५ जेठ, दमक ।


स्पेनिस क्लब रियल मेड्रिड १४औं पटक यूईएफए च्याम्पियन्स लिग च्यम्पियन बनेको छ ।

मेड्रिड ले जितसँगै १४औं पटक युरोपको प्रतिष्ठित फुटबल ट्रफी उचालेको हो ।

शनिबार राति फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले पाखा लगाउँदै कीर्तिमानी फुटबल उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

भिनिसियल जुनियरले दोस्रो हाफमा गरेको एक मात्र गोल रियललाई उपाधि दिलाउन निर्णायक गोल बन्यो । उनले ५४औं मिनेटमा फेडरिक भाल्भर्डेको पासमा गोल गरेका थिए ।

लिभरपुलको आक्रमणलाई रियलका गोलकिपर थिबाउट कोर्तुवाले उत्कृष्ट बचाउ गरेका थिए । रियलले पछिल्लो पटक २०१८ मा लिभरपुललाई हराएर उपाधि जितेको थियो भने लिभरपुल २०१९ मा च्याम्पियन बनेको थियो ।

लिभरपुलको सातौं पटक उपाधि जित्ने सपना भने पूरा हुन सकेन ।

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु