१५ जेठ, दमक ।

पोखराबाट जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा उडेको केही समयपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ ।
ताराको ९ एन–एईटी कलसाइनको सो जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रुसहित चालकदलका ३ सदस्य रहेका बताइएको छ ।
तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।
प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । जहाज खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए ।

