adv

आज बजेट आउँदै ! (अनुमानित बजेट १८ खर्ब नकट्ने)

१५ जेठ, दमक ।

आज आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक हुँदैछ ।

संविधानमै उल्लेख भएको व्यवस्था अनुसार सरकारलाई हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनु नै पर्ने अनिवार्यता छ ।

राष्ट्रिय योजना आयोगले तोकिदिएको १७ खर्ब ४५ अर्बको सीमामै रहेर आव ०७९/८० को बजेट ल्याउने तयारीमा सरकार पुगेको हो ।

आजै बस्ने मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् ।

सरकारले आयात प्रतिस्थापन गर्ने नीति कार्यान्वयनमा ल्याउने र आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट ल्याउन लागेको दावी गरेको छ । यसअघि गत मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम ल्याउने बताएको थियो ।

त्यस्तै सरकारले राष्ट्रिय गौरवका आयोजना र ठूला र महत्त्वपूर्ण आयोजना बाहेकका अन्य आयोजना प्रदेश सरकार र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने उल्लेख छ ।

नीति तथा कार्यक्रम अनुसार नै सकारले बजेट निर्माण गरेमा स्थानीय तह र प्रदेशसभाहरुमा बिगतका वर्षहरुमा भन्दा बजेट वृद्धि हुनेछ भने कामको दायित्व पनि बढ्ने देखिन्छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु