adv

तपाईको थाप्लोमा ऋण कति छ ?

१५ जेठ, दमक ।

अहिले प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार ६३ हजार ३ सय १० रूपैयाँ पुगेको छ ।

प्रतिनिधिसभा बैठकमा शनिबार पेस भएको आर्थिक वर्ष २०७८÷०७९ को आर्थिक सर्वेक्षणअनुसार अहिले नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ पुगेसँगै यसलाई प्रतिव्यक्तिमा भाग लगाउँदा हरके नेपालीको टाउकोमा अब ऋणको भार ६३ हजार ३ सय १० रूपैयाँ पुगेको हो ।

२०७८ फागुनसम्म सर्वजनिक ऋणको प्रतिशत गत आवको भन्दा ६.३९ ले वृद्धि भएको हो । गत आवमा यस्तो ऋण १७ खर्ब ३७ अर्ब थियो ।

नेपालको जनसंख्या २ करोड ९१ लाखका आधारमा एक जना नेपालीको भागमा ऋणको भार ६३ हजार ३ सय १० रूपैयाँ पर्न आउँछ ।

आर्थिक सर्वेक्षणअनुसार १८ खर्ब ४८ अर्बमध्ये ८ खर्ब ६३ अर्ब आन्तरिक ऋण हो भने ९ खर्ब ८४ अर्ब बाह्य ऋण हो ।

२०७८ फागुनसम्म सरकारले आन्तरिक ऋणअन्तर्गत २९ अर्ब २५ करोड र बाह्य ऋणअन्तर्गत १३ अर्ब ६६ करोड साँवा भुक्तानी गरेको थियो । त्यस्तै आन्तरिक ऋणको १९ अर्ब ५१ करोड र बाह्य ऋणको ४ अर्ब ५ करोड व्याज भुक्तानी गरेको बताइएको छ ।

भुक्तानी गर्न बाँकी ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु