१५ जेठ, दमक ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्य जारी रहेको जनाएको छ ।
९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको हो ।
यसैबीच जहाज खोजीमा गएको फिस्टेल एयरको हेलिकप्टर खराब मौसमका कारण जोमसोम फर्किएको र काठमाडौं, पोखरा र जोमसोमबाट खोज तथा उद्धारका लागि हेलिकप्टरहरु स्टाण्डबाई राखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आफ्नो विज्ञप्तिमा उल्लेख गरेअनुसार विमान र जोमसोम विमानस्थल टावरबीच अन्तिम पठक १०ः७ बजे घोडापानी भन्ने स्थानमा सम्पर्क भएको र त्यसपछि सम्पर्कविहीन भएको उल्लेख छ ।
विमानमा ६ विदेशी, १३ नेपाली यात्रु र चालक दलका ३ सदस्य गरी २२ जना सवार थिए ।


