adv

भोलिबाट कक्षा १२ को परीक्षा सुरु

१५ जेठ, दमक ।


राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।

सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिएका हुन् ।

बोर्डका अध्यक्ष डा.शर्माका अनुसार परीक्षामा करिब ४ लाख १५ परीक्षार्थी सहभागी हुने र देशभरका १ हजार २ सय ९२ केन्द्रमा परीक्षा सञ्चालन हुँदैछन् ।

सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

वोर्डले परीक्षा केन्द्रहरुमा परीक्षा सुरु हुने समय भन्दा आधा घण्टा अगाडि मात्रै प्रश्नपत्र अनलाइनबाट पठाउने तयारी गरेको जनाएको छ ।
७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइने र हरेक परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्ने छन् ।

कोभिड महामारीको समयमा विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने अभ्यास गरिएअनुसार यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको वोर्डको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु