adv

पाँचौं वृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान हुँदै

१६ जेठ, दमक ।


अमेरिकाको हेरिस्वर्गमा पाँचौं वृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान (जुलाई २९–३१) आयोजना हुने भएको छ ।

आयोजक ग्लोबल भुटनीज लिटिरेरी अर्गनाइजेशन (जिबिएलओ)ले आइतबार साँझ भर्चुअल माध्यमबाट आयोजना गरेको पत्रकार सम्मेलनमा अनुष्ठान बारे जानकारी दिइएको हो ।

बिगतका वर्षहरुमा झैं यस वर्ष पनि भव्यताका साथ अनुष्ठान सम्पन्न गरिने अध्यक्ष कर्ण गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले भने –‘नेपाली भाषा, साहित्य, कला, दर्शन र सामाजिक सेवामा योगदान गरिरहेकाहरुको निम्ति यो कार्यक्रम आपसी सद्भाव विकास गर्ने थलो बन्ने छ ।’

अनुष्ठानका वीच भारतको आसाम निवासी सुप्रशिद्ध साहित्यकार लिलबहादुर क्षेत्रीलाई प्रथम पटक लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

स्वीकारोक्ति फाउण्डेशनमार्फत प्रदान गरिने सो अवार्डको राशी हालसम्म नेपाली साहित्यको क्षेत्रमा प्रदान गरिने सबै पुरस्कार भन्दा माथिको हुने अध्यक्ष गुरुङले बताए । नेपाली साहित्यमा दिइने पुरस्कार राशीमा हालसम्म पहिचान पुरस्कार ४ लाख रु हजार २ रूपैयाँ रहेको छ । मदन पुरस्कारलगायत पुरस्कारहरुको राशी २ लाख हाराहारी मात्रै छ ।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको भावनाको प्रतिनिधित्व गराउन अनुष्ठान सफल हुने जिबिएलओका संस्थापक अध्यक्ष डेन्जम साम्पाङले विश्वास व्यक्त गरेका छन् । उनी भन्छन् –‘विश्वको जुनसुकै देशमा रहेर नेपाली भाषा, साहित्य, दर्शनका लागि योगदान दिनुहुने र यसैमा जीवन समर्पण गर्नुहुने व्यक्तित्वहरुको जमघटका रूपमा हामी कार्यक्रम गर्दैछौं । यसले विश्वभरका नेपालीहरुबीच आत्मियताको सन्देश प्रवाह हुने हाम्रो विश्वास छ ।’

जिबिएलओका कार्यक्रम संयोजक अर्जुन प्रधानका अनुसार अमेरिका, क्यानडा, मेक्सीको, अष्ट्रेलिया, न्युजील्याण्ड, बेलायत, नेपाल, भारतलगायत १० भन्दा बढी देशबाट कार्यक्रममा सहभागिता रहने बताइएको छ ।

तीन दिनसम्म सञ्चालन हुने अनुष्ठानका बीच विभिन्न पुस्तक बिमोचनलगायत सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु हुने छन् भने कार्यक्रमको अन्तिम दिन स्रष्टा भ्रमणको आयोजना गरिने जिबिएलओ महासचिव पातलो अन्तरेले बताए ।

अनुष्ठानमा भारत सिक्कमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, प्राडा गोविन्दराज भट्टराई, साहित्यकार मुक्ति बराल लगायतको सहभागिता रहने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु