adv

८ जना स्रष्टालाई साहित्यदूत सम्मान

२० जेठ, दमक ।


विश्व नेपाली साहित्य महासंघ, विश्व समितिले नेपाली भाषा, साहित्यको क्षेत्रमा अमूल्य योगदान पुर्याएको भन्दै ८ जना स्रष्टाहरुलाई साहित्यदूत सम्मानले विभूषित गरेको छ ।

हालै सम्पन्न महासंघको बैठकले ८ जना स्रष्टाहरुलाई विनेसाम साहित्यदूत सम्मान–२०२२ ले सम्मानित गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा विनेसाम साहित्यदूत सम्मान सगरमाथा – पूर्व राजदूत श्री भीम उदाश, काठमाडौं, विनेसाम साहित्यदूत सम्मान कंचनजंघा – कुलपति प्रा. डा. गङ्गाप्रसाद प्रसाईं, त्रिपुरा विश्वविद्यालय, भारत, विनेसाम साहित्यदूत सम्मान ल्होत्से – प्रा. डा. दिवाकर प्रधान, काशी हिन्दू विश्वविद्यालय, भारत छन् ।

त्यस्तै विनेसाम साहित्यदूत सम्मान मकालु – सहप्राध्यापक डा. ज्ञानु अधिकारी, काठमाडौं, विनेसाम साहित्यदूत सम्मान चोयु –दीपा एवाई राई, हङकङ, विनेसाम साहित्यदूत सम्मान धौलागिरी – ‘, म्यान्मा, विनेसाम साहित्यदूत सम्मान मनास्लु –कर्ण गुरुङ, अमेरिका र विनेसाम साहित्यदूत सम्मान अन्नपूर्ण – डा. मुलीवीर राई, बेलायत छन् ।

विनेसामले हरेक तीन वर्षमा साहित्यदूत सम्मान, उत्कृष्ट शाखा र सक्रिय सदस्य घोषणा गर्दै आएको छ ।

विश्वका विभिन्न देशमा रहेका शाखाहरूबाट प्राप्त प्रतिवेदन÷विवरणको आधारमा विश्व नेपाली साहित्य महासंघ, भारत शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जानकारी दिए ।

त्यसैगरी साहित्यिक सक्रियतालाई मध्यनजर गर्दै विश्व नेपाली साहित्य महासंघ, दक्षिण बेलायतका सचिव अमित थेबेलाई सक्रिय सदस्य घोषणा गरिएको छ ।

विश्वको १० उच्च हिमालहरूमध्ये ८ नेपालमा छन् जसले विश्वमा नेपाललाई चिनाउने गर्दछन् । ८ जना स्रष्टाहरुलाई यिनै हिमालका नामहरुबाट साहित्यदूत सम्मान प्रदान गर्ने माहासंघको प्रचलन छ ।

छनौटका लागि महासंघका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको संयोजकत्वमा उपाध्यक्ष डेन्जोम साम्पाङ र महासचिव सुनिता राई कन्दङ्वा रहेको तीन सदस्यीय छनौट समिति गठन गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु