
मेचीनगर ,२२ जेठ । मेचीनगरको धुलाबारीमा अवस्थित एक पसलमा आगलागी भएको छ । आइतबार बिहानदेखि सुरु भएको आगलागी मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीय सहयोगमा निभाउने प्रयास गरिरहेका छन् ।
धुलाबारी मोड दक्षिणको पाथिभरा भेराइटिजमा लागेको आगोले पसल पूणर् रुपमा नष्ट भएको हो ।
इलोक्ट्रोनिकका सामनको पसल भएकाले करोड बढीको क्षति भएको हुन सक्ने प्रारभ्भिक अनुमान गरिएको छ ।
निलचल पाण्डाले सञ्चालन गरेको उक्त पसलमा आगलागीको कारण भने पत्ता नलागेको स्थानीयको भनाइ छ ।

