
नवनिर्वाचित कार्यसमिति
कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले संजोक कन्दङ्वाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । आइतवार सम्पन्न साखाको चौथो अधिबेशनले कन्दङ्वाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।
बरिस्ठ उपाध्यक्षमा सबिन लिङ्खिम यसैगरी उपाध्यक्षहरु मा दिवश वनेम रोशन फियाक र प्रताप चन्द्र इदिङ्गो लाई चयन गरेको छ । सचिवमा चन्द्र लिम्बू र सह-सचीव गोपाल लिम्बू चयन भएका छन् भने कोषाध्यक्षमा श्री चेम्जोङ र सह कोषाध्यक्षमा सानू कन्दङ्वा चयन भएका छन्।

नवनिर्वाचित कार्यसमिति लगायत अतिथिहरू
त्यसैगरी सदस्यहरुमा विवेक निङ्लेखु , इन्द्र लिम्बू , राज नेम्बाङ , किरण लिम्बू , सन्तोष योङ्हाङ , दिलिप खापुङ , अदृश्य कन्दङ्वा , नाम्बिन लिम्बू , सुमन साम्सोहाङ र शुक्रराज कन्दङ्वा रहेका छन्।
चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विभिन्न जातिय एव् क्षेत्रीय संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

