३१ जेठ, दमक ।

सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ ।
भोलि अर्थात २०७९ असार १ देखि नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०ः०० देखि अपरान्ह ५ः०० बजेसम्म हुने छ ।
हिउँदको समयमा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म निर्धारण गरिएको गृह मन्त्रालयले जनाएको हो ।
शुक्रबारको दिन भने कार्यालय समय बिहान १०ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म हुनेछ ।
यसअघि सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरे पनि सो निर्णयको व्यापक आलोचना भएपछि जेठ २३ गते खारेज गरेको थियो ।
२ दिन बिना दिने निर्णयमा आइतबारको विदा खारेजीपछि गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको गृहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।


