adv

विश्वकप २०२२ कतारमा एसियाका ६ टिम पक्का !

३१ जेठ, दमक ।


फिफा विश्वकप फुटबल २०२२ मा एसियाका ६ टिम सहभागी हुने भएका छन् ।

अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट भएसँगै एसियाली टिमको संख्या साबिक भन्दा बढेको हो ।

यसअघि एसियाबाट ५ टिमको मात्रै सहभागिता रहने विश्वकममा अष्ट्रेलियाको सहभागिता सुनिश्चित भएसँगै नयाँ कीर्तिमानी कायम भएको हो ।

विश्वकप फुटबल २०२२ प्रतियोगिता आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो भने जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट चरण पार गर्दै विश्वकप खेल्न पुगेका हुन् ।

३२ टिमले खेल्ने विश्वकपमा यस पटक एसियाबाट अहिलेसम्मकै धेरै ६ टिमले खेल्ने भएको हो ।

यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट आयोजक कतार बाहेकका यिनै ५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

यसपटक विश्वकपमा ८ समूहमध्ये ६ समूहमा एसियन टिम समावेश छन् । एसियाबाट छनोट हुने अन्तिम टिम बनेको अष्ट्रेलिया साविक विजेता फ्रान्स रहेको समूह डी मा परेको छ । यस समूहमा डेनमार्क र ट्युनिसिया पनि छन् ।

कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकपमा अहिलेसम्म ३१ टिम छनोट भइसकेका छन् । जसमा युरोपबाट सर्वाधिक १३ टिम छनोट भएको छ भने एसियाबाट ६, अफ्रिकाबाट ५ टिक छनौट भएका हुन् । त्यस्तै दक्षिण अमेरिकाबाट ४ टिम र उत्तर अमेरिकाबाट ३ टिम छनोट भएका छन् ।

अब अन्तरमहादेशीय प्लेअफ अन्तर्गत कोस्टारिया र न्युजिल्याण्डबीचको विजेता विश्वकपमा छनोट हुनेछ । प्लेअफमा कोस्टारिका विजेता भएमा उत्तर अमेरिकाबाट ४ टिम हुनेछ । तर, न्युजिल्याण्ड विजयी भए उसले ओसियाना क्षेत्रको प्रतिनिधित्व गर्नेछ ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु