adv

बैबाहिक बन्धनमा बांधिइन् गायिका इन्दिरा जोशी

झापा । चर्चित पार्श्व गायिका तथा मोडल इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् । उनले मंगलबार प्रेमी शरद केडियासँग चितवनको मेघौलीमा रहेको बाराही जंगल लजमा विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको थियो । विवाहअघि शरदसँग इन्दिरा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । शरद पेशाले फेसन डिजाइनर हुन् ।

इन्दिरा जोशीले सामाजिक सञ्जालमा विवाहको तस्विर पोस्ट गर्दै लेखेकी छन्, ‘अब हामी आधिकारिक रुपमा श्रीमान्/ श्रीमती भयौं ।’ आइतवार इन्दिराले शरदसँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । विवाहअघि उनीहरुको संगीत र मेहेन्दी समारोह आयोजना गरिएको थियो । यो जोडीले चाँडै काठमाडौं र विरगञ्जमा रिसेप्सन पार्टी दिने योजना बनाएको जानकारी प्राप्त छ ।
गत वर्ष सगरमाथा आधार शिविरमा भएको माउन्ट एभरेस्ट फेसन रनवेमा सहभागी हुने क्रममा शरदले इन्दिरालाई विवाहको प्रस्ताव राखेका थिए । इन्दिराले पनि विवाह प्रस्ताव स्वीकार गरेकी थिइन् । फिल्म ‘लुट’को ‘उध्रेको चोली छ है’ गीतबाट चर्चामा आएकी इन्दिराको ‘म त मर्छु कि क्या हो’, ‘मोटरसाइकलमा’, ‘रेलिमाई’, ‘चौबन्धी चोली अनि रातो घाँगर’ जस्ता गीतहरु हिट छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु