adv

सातै वटा प्रदेश सरकारले आज बजेट ल्याउँदै

१ असार, दमक ।


सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९÷८० को बजेट सार्वजनिक गर्दैछन् ।

संवैधानिक प्रावधान अनुसार प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले बजेट घोषणा गर्न लागेका हुन् ।

संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।
यसअघि सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा आज बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले आ–आफ्नो प्रदेशअनुरूप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना जस्ता लोकप्रिय कार्यक्रम सबैजसो प्रदेश सरकारका प्राथमिकतामा छन् ।

प्रदेश १ मा ३८ अर्ब माथिको बजेट आउँदै

प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब माथिको बजेट ल्याउने भएको छ ।

प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार चालू आर्थिक वर्षको भन्दा २० प्रतिशतले बजेटको आकार बढ्न लागेको बताए ।

चालू आर्थिक वर्षको बजेट ३२ अर्ब ४६ करोडको थियो । यसमा २० प्रतिशत बढ्दा प्रदेश १ को आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट ३८ अर्ब ९० करोड हाराहारी पुग्ने देखिन्छ ।

दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा मन्त्री आङ्बोले संसदमा बजेट पेश गर्ने कार्यक्रम छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु