adv

मतदाता नामावली संकलन आजबाट पुनः सुचारु

१ असार, काठमाडौं ।

निर्वाचन आयोजनको कार्यालय ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य असार १ गते (आज)बाट सुरु गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार देशैभरका ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली संकलन कार्य सुरु भएको हो ।
पौडेलले सञ्चार माध्यमसँगको कुराकानीमा भनेका छन् –‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना छ, त्यो निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य सुरु हुन्छ ।’
प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुने मिति टुङ्गो लागिनसके पनि आगामी कार्तिक अन्तिम साता वा असार पहिलो साता निर्वाचन गर्ने तयारीमा सरकार र आयोगले गृहकार्य गरिरहेका स्रोतको भनाइ छ ।
स्थानीय तह निर्वाचनको मिति वैशाख ३० गते तोकिएपछि सरकारले मिति घोषणा गरेको १ दिनपछि माघ २५ गतेदेखि निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गरेको थियो । स्थगित भएको सो कार्य आजबाट पुनः सुरु भएको हो ।
अब देशैभरका निर्वाचन कार्यालयहरुबाट मतदाता नामावली अध्यावधिकको काम पनि हुने निर्वाचन आयोगले जनाएको छ ।
विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने छन् । तर उनीहरुले मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहींबाटै गर्नुपर्ने छ ।
आफ्नो नाम, थर, लिङ्ग, जन्मस्थान लगायतका विवरणमा त्रुटि भएको भए यही बेला सच्याउन पनि आयोगले अनुरोध गरेको छ । मतदाताले आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न पनि सक्ने आयोगको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु