adv

तटबन्धनमा जुटे दमक ७ का वडा अध्यक्ष पौडेल

२ असार, दमक ।

दमक ७ स्थित रतवा खोलामा जारी तटबन्धन कार्य ।

गत कार्तिक १, २ र ३ गतेको बेमौसमी वर्षाका कारण आएको बाढीले आफ्नो वडाका ७ घर परिवारलाई बिस्थापित मात्रै गरेन । मानवीय क्षति हुन त पाएन तर ओत लाग्ने घर, सरसामान, लत्ताकपडा सबै बगायो ।

बुधबार रतुवा खेलामा हालसालै सुरु भएको तटबन्धनको काम निरीक्षण गरिरहेका दमक ७ का वडा अध्यक्ष भीम पौडेलले बिगतको यहि घटना सम्झिए ।

‘अब यस वर्षको मनसुन सुरु भइसकेको छ । बाढीको कारण वडाका कोही पनि विस्थापित हुन नपरोस् । त्यसैले सकेसम्म पुलसम्मको तटबन्धनको काम १५ दिनभित्रमा सक्ने योजनामा छौं’, उनले भने ।

हाल तटबन्धन भइरहेको ठाउँदेखि पूर्व–पश्चिम राजमार्गमा रहेको रतुवा पुलसम्म करिब ४६० मिटर दुरी छ । वडा अध्यक्ष पौडेल यसै आर्थिक वर्ष तटबन्धनको काम सक्ने योजनामा छन् ।
उनी भन्छन् –‘बजेट अहिले कतैबाट पाएको छैन । तर आशा छ, जनताको तटबन्धन कार्यक्रम गैंडे माइधारबाट आश्वासन पाएको छु । भएन भने वडाकै बजेट काटेर वा दमक नगरपालिकाबाट लगाए पनि यति काम सम्पन्न हुन्छ होला ।’

दमक पशुहाट पूर्व गाडबान क्षेत्रमा तटबन्धनको काम धमाधम भइरहेको र बिहीबारदेखि जनशक्ति थप गरी काम द्रुत गतिमा अघि बढाइने वडा अध्यक्ष पौडेलको भनाइ छ । २ वटा स्काभेटरसहित १५ जना कामदार लगाइएकोमा बिहीबारदेखि थप २५ जना कामदार लगाउने योजना उनले सुनाए ।

गाडबान क्षेत्रबाट रतुवाको बाढी पस्यो भने रेडक्रस भवन, किरात भवन, राजमार्गलगायत दमक चोक र बजारलाई पनि क्षति पुर्याउने भएकाले बेलैमा सचेत हुनुपरेको पौडेलको भनाइ छ ।

वडा अध्यक्ष पौडेलले हरप्रहर न्यूजसँग दिएको बाइटको सम्पादित अंश :

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु