adv

एसपीपीमा संलग्नताका लागि सेनाले लेखेको पत्र सार्वजनिक

नेपाल सरकार संलग्न छैन भन्ने तर्क झुटो सावित

२ असार, दमक ।


सैन्य गतिविधिसँग सम्बन्धित स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली पक्षले अमेरिकालाई पत्राचार गरेको खुलेको छ ।

सडकदेखि संसदसम्म एसपीपीको चर्चा चलिरहेका बेला सेनाले सन् २०१५ अगस्ट २७ (२०७२ कात्तिक १० गते)मा अमेरिकालाई एसपीपीमा आबद्धताका लागि लेखेको पत्र बिहीबार सार्वजनिक भएको हो ।

नेपालका तर्फबाट तत्कालीन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो । क्षेत्रीले तत्कालीन अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुनका लागि अनुरोध गरिएको छ ।

सेनाको यो पत्रसँगै नेपाल एसपीपीको पक्षमा छैन भनेर नेपाली सेना र सरकारले गर्दै आएका तक झुटो सावित भएको छ ।

बुधबार साँझ मात्रै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता र समझदारी नभएको दावी गरेको थियो । बिहीबारै प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले पनि सरकार एसपीपीमा सहभागी नभएको र नहुने बताएका थिए ।

सेनाले पत्राचार गरेको समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

ओली सन् २०१५ अगस्ट ११ मा प्रधानमन्त्री भएका थिए । सेनाले अमेरिकालाई पठाएको पत्रमा सोही महिनाको २७ तारिखको मिति छ ।

अमेरिकी अनुदानका नाउँमा विवादास्पद एमसीसी परियोजना नेपालको संसदबाट पारितभएसँगै नेपाली पक्षले अमेरिकी स्वार्थपूर्तिका लागि गरेका विभिन्न सम्झौताहरु बाहिरिन थालेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु