adv

पानीटेंकीमा रेलको ठक्करबाट मेचीनगरका एक युवकको मृत्यु

      मृतक विजय श्रेष्ठ

काँकडभिट्टा ,२ असार । रेलको ठक्करबाट भारतमा एक नेपालीको मृत्यु भएको छ । पश्चिम बंगालको पानीटेंकीमा रेलले बिहीबार राति करिब ८ बजे ठक्कर दिँदा मेचीनगर ६ का ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

उनी बिहिबार राती भारतबाट घर र्फकने क्रममा रेल्वे क्रसिङका क्रममा रेलको टक्करले मृत्यु भएको भारतीय प्रहरीले जानकारी दिएको छ ।

विहारबाट सिलिगुडीतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई ठक्कर दिएको  इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु