४ असार, दमक ।
कुवेतलाई पराजित गर्दै नेपाल एसीसी महिला टी–२० च्याम्पियनसिपको शनिबारको खेलमा जित दर्ज गरेको छ ।
कुबेतमाथि जित निकाल्दै नेपाल प्रतियोगिताअन्तर्गत समूह बी को शीर्ष स्थानमा कायम रहेको छ ।
मलेसियामा भएको खेलमा नेपालले कुवेतलाई २७ रनले हराएको हो ।
नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा कबेतले ७ विकेटको क्षतिमा ८२ रन मात्रै जोडेको थियो ।
कुवेतका लागि प्रियदा मुरालीले ३१, मरियामा हैदरले १६ र अन्ना शरिफ तरिकले १४ रन बनाइन् । नेपालका लागि सीता राना मगरले २, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १÷१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा १०७ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३४, इन्दु बर्माले २८, ज्योति पाण्डेले १५ र विन्दु रावलले ११ रन बनाएका थिए ।