adv

प्रदेश १ का जिससमा पनि कांग्रेस नै अगाडि, जिल्लामा पनि खुम्चियो एमाले

४ असार, दमक ।


प्रदेश नम्बर १ अन्तर्गत जिल्ला समन्व्य समितिको निर्वाचन सम्पन्न भएका १२ जिल्ला मध्ये काँग्रेसले ५ प्रमुख र ६ उपप्रमुखमा जित्न सफल भएको छ ।

एमालेले ३ प्रमुख र २ उपप्रमुख जितेको छ । त्यस्तै एकीकृत समाजवादीले ३ प्रमुख र १ उपप्रमुख जितेको छ भने जसपाले १ प्रमुख र माओवादीले ३ उपप्रमुख हात पारेको छ ।

प्रदेश नम्बर १ को १४ जिल्ला मध्ये १२ जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । अब झापा र उदयपुरमा मात्रै चुनाव हुन बाँकी छ ।

कुन जिल्लामा कसले जित्यो ?

जिल्ला समन्वय समितिको मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका अजम्बर राई प्रमुख र उषा झा ठाकुर उपप्रमुखमा निर्वाचित भएका छन् ।

जिसस धनकुटामा पनि एमालेको प्यानल नै विजयी भएको छ । प्रमुखमा निरेन तामाङ र उपप्रमुखमा सावित्रा राईसहितको टीम नै विजयी भएको थियो ।

जिसस सुनसरीको प्रमुख र उपप्रमुखमा काँग्रेसले जित हात पारेको छ । प्रमुखमा काँग्रेसका राजन मेहता र उपप्रमुखमा काँग्रेसकै कमला खतिवडा चयन भएका छन् ।

ओखलढुंगामा काँग्रेसको एकल बहुमतमा जिसस गठन भएको छ । प्रमुखमा काँग्रेसका डिल्लीराम खनाल र उपप्रमुखमा तारादेवी कार्की निर्विरोध निर्वाचित भएका थिए ।

सोलुखुम्बुमा काँग्रेसको एकल बहुमतमा जिसस गठन भएको छ । काँग्रेसका कृष्णप्रसाद निरौला प्रमुख र टिकामाया मगर उपप्रमुख बनेका छन् ।

जिसस भोजपुरको प्रमुखसहित सबै पदमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ । प्रमुखमा काँग्रेसका कमल थुलुङ राई र उपप्रमुखमा मओवादी केन्द्रबाट अनिशा खड्कासहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको छ ।

जिसस ताप्लेजुङमा गठबन्धनतर्फको प्यानल नै विजयी भएको छ । प्रमुखमा एकीकृत समाजवादीका छिरिङ लामा निर्वाचित भएका छन् । उपप्रमुखमा काँग्रेसका कृष्णप्रसाद लिङखिम लिम्बू निर्विरोध निर्वाचित भएका थिए ।

जिसस तेह्रथुमकोमा गठबन्धले प्रमुख उपप्रमुख सहित सबै पदमा जित हात पारेको छ । प्रमुखमा एकीकृत समाजवादीका गुमानसिंह इस्वो र उपप्रमुखमा काँग्रेसका श्रीप्रसाद कार्की निर्वाचित भएका थिए ।

जिसस खोटाङको नेतृत्वमा गठबन्धनका विजयी भएको छ । प्रमुखमा गठबन्धनबाट जसपाका सनबहादुर राई र उपप्रमुखमा माओवादीका सुरेश तामाङ चयन भएका छन् ।

जिसस संखुवासभामा गठबन्धमार्फत एकीकृत समाजवादीले नेतृत्व हात पारेको छ । जिसस प्रमुखमा सुमन शाक्य विजयी भएका छन् । उपप्रमुखमा काँग्रेसकी बबिता खत्रीसहित गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

जिसस पाँचथरकामा गठबन्धनका उम्मेदवार निर्विरोध भएका छन् । काँग्रेसका रामाराज आङदेम्बे प्रमुख र माओवादीका यामकुमार आङबो उपप्रमुख बनेका छन् ।

जिसस इलामामा एमालेका जयप्रकाश राई र उपप्रमुखमा नेकपा एकीकृतकी चित्र बराइली विजयी भएका छन् । जिससका सबै पदमा एमाले र एकीकृत समाजवादीले बाजी मारे ।

त्यहाँ जिसस निर्वाचनमा सत्ता गठबन्धन भत्किएको थियो । एमाले, एकीकृत समाजवादी र जसपा एकतिर थिए भने कांग्रेस र माओवादी एक कित्तामा उभिएका थिए ।

यस्तै उपदयपुरमा पनि जिसस निर्वाचन भएको छैन । गठबन्धनबीच तालमेल भएको खण्डमा एमालेले जित्ने सम्भावना छैन ।

एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको जिससका लागि भने एमालेसँग एकल बहुमत छ । जिसस झापाको प्रमुखमा विश्वनाथ बराल र उपप्रमुखमा शान्ता रोकालाई उम्मेदवार लाई बनाउने निर्णय गरेको छ । चुनावको मिति भने तोकिएको छैन ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु