adv

केन्द्रले प्रदेश सरकारलाई उपेक्षा गर्यो : मुख्यमन्त्री राई

४ असार, दमक ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई भेलालाई सम्बोधन गर्दै ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारलाई केन्द्रले उपेक्षा गरेको आरोप लगाएका छन् ।

केन्द्र सरकारले प्रदेशलाई आर्थिक अधिकारदेखि कार्य क्षेत्रमा समेत अंकुश लगाएर कमजोर बनाउने काम गरेको भन्दै मुख्यमन्त्री राईले गुनासो गरेका हुन् ।

नेकपा एकीकृत समाजवादी मोरङको आयोजनामा शनिबार विराटनगरमा आयोजित जिल्लास्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै राईले भने –‘पुँजीबिनाको अर्थ मन्त्रालय, पुलिस र कर्मचारी बिनाको प्रदेश सरकार छ अहिले ।’

प्रदेशको मुख्यसचिवदेखि सचिवसम्मको खटनपटन केन्द्रबाटै हुने परिपाटीका कारण प्रदेश सरकार कमजोर बनेको मुख्यमन्त्री राईको भनाइ थियो ।

अर्को एक प्रसङमा राईले प्रदेशको नाम चालु बजेट अधिवेशनबाटै प्रदेश नम्बर १ को नामाङ्कनको विषय टुङ्गोमा पुग्ने दावी गरे ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुभित्रै नामको विषयमा एक मत नभएकाले मतदानको प्रक्रियाबाट भए पनि नामाङ्कनको विषय टुङ्ग्याइने उनको भनाइ थियो ।

राईले भने –‘प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले पनि नाम टुङ्ग्याउने विषयमा अग्रसर देखिएको छ । यसको अगुवाइ सरकाले लिएको छ । सके सहमतिबाट, नभए भोटिङ सिस्टमबाट भए पनि नामकरणको विषय टुङ्गिनेछ । त्यसलाई सबैले स्विकारेर जानुपर्छ ।’

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले केन्द्रमा दलीय गठबन्धनले गरेको निर्णय जिल्ला तहमा कार्यान्वयन गर्न कांग्रेस र माओवादी इमानदार नदेखिएको आरोप लगाएका थिए ।

कार्यक्रममा जिल्लाका १७ स्थानीय तहका पालिका अध्यक्षहरूले चुनावी समीक्षाको बारेमा रिपोर्टिङ गरेका बताइएको छ । स्थानीय तह निार्वचनमा काँग्रेस र माओवादीका कारण एकीकृत समाजवादीलाई धोका भएको र आफ्ना उम्मेद्वारले पराजय भोग्नु परेको भेलाका सहभागीले आरोप लगाएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु