adv

दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’ बजारमा


काठमाडौं ,७ असार ।
दिपा मेवाहाङ राईको पहिलो कृति ‘यादको सन्दुक’ बजारमा आएको छ । सोमबार काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा एक कार्यक्रम आयोजना गरी कविता संग्रह ‘यादको सन्दुक’ लोकार्पण गरिएको हो ।

कार्यक्रममा साहित्यकार तथा लेखकहरु विप्लप प्रतीक, बिना थिङ तामाङ, पशुपति राई र अर्पण उत्कर्षले कृतिबारे विचार व्यक्त गरेका थिए । कविता संग्रह ‘यादको सन्दुक’को समीक्षा गर्दै कवि प्रतीकले कविताहरू प्रेमिल भएको बताए । प्रेमका विविध पक्षलाई दिपाले भावमा प्रस्तुत गरेको उनले बताए ।

त्यस्तै बिना थिङले वादहरुभन्दा माथि उठेर कविता लेखेको भन्दै दिपाको तारिफ गरिन् । उनले भनिन्, ‘कवितामा कसैलाई प्रहार गरिएको छैन । कुनै वादहरू मिसाइएको छैन । वदाहरुभन्दा माथि उठेर दिपाले कविता लेखेकी छन् ।’

पशुपति राईले कविता सरल र हृदय छुने भएको बताइन् । कवितामा सम्बन्धहरुलाई जोड दिइएको उनले बताइन् । ‘यादको सन्दुकमा सम्बन्धनका कुरालाई जोड दिइएको छ । मायाको कुरा उठाइएको छ । आमाको प्रेम, बहिनीको प्रेम, प्रेमीको प्रेम, आफन्तको प्रेम, सम्बन्धका प्रेम समेटिएको छ,’ उनले भनिन, ‘हरेक कवितामा आसा छ । सरल र हृदय छुने छ ।’

त्यस्तै अर्पण उत्कर्ष नेपाली साहित्यक आन्दोलनलाई योग्दान दिने छुट्टै खालको कृति भएको बताए । कविता संग्रहमा छोटा र लामा कविता भएको र छोटा कविताले मन, मुटु, मस्तिष्क जता पनि छुने उनले बताए ।

कार्यक्रममा स्वप्निल स्मृति र सङ्गीता थापाले सङ्ग्रहबाट केही कविता वाचन गरेका थिए । पुस्तकको प्रकाशन फिनिक्स बुक्सले गरेको हो । लेखन दिपा भने हाल दक्षिण कोरियामा कार्यरत छन् ।

यादका सन्दुकमा ४८ वटा कविता समावेश छन् । याे उनको पहिलो एकल कृति हो । संयुक्तमा कविता सङ्ग्रह ‘इतर कविता’ र संयुक्त कथा सङ्ग्रह ‘छकालै’मा उनका कविता र कथा प्रकाशित भइसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु