adv

बिहीबार दमकमा एक दिने रोजगार मेला

८ असार, दमक ।

मंगलबार रोजगार मेलाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठसहित पदाधिकारीहरु ।

दमक उद्योग वाणिज्य संघले भाोलि बिहीबार दमकमा रोजगार मेला सञ्चालन गर्दैछ ।

दमक नगरपालिकासँगको सहकार्यमा अन्य मेला–महोत्सवहरु भन्दा भिन्न रोजगार मेला आयोजना गरिने संघले जनाएको हो ।
मंगलबार संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोकुल श्रेष्ठले बेरोजगार युवा र रोजगारदाताहरुबीच साझा थलोको रूपमा उपयोग हुने गरि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

मेलाबाट बेरोजगारीको अवस्था, रोजगार बजारले खोजेको जनशक्ति, सम्भावना, अवसरलगायत विषयमा जानकारी प्राप्त हुने अपेक्षा लिइएको संघले जनाएको छ ।

रोजगार मेलामा ठूला रोजगारदातासमेत रहेका उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाललगायत युवा व्यवसायीहरुले रोजगारीको अवस्था र सम्भावनाका बारेमा प्रकाब पार्ने छन् । सो कार्यक्रममा दमक नरपालिका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई (प्रसाई)ले रोजगारी सिर्जना र प्रवद्र्धनमा स्थानीय सरकारको भूमिकाका बारेमा धारणा राख्ने कार्यक्रम संयोजक भरत चम्लागाईले बताए ।

राष्ट्रिय पुरस्कार प्राप्त दमककै कृषि उद्यमी सुदीप गौतमले पनि कार्यक्रममा आफ्नो अनुभव सुनाउने छन् ।

कार्यक्रम सम्पन्न गर्न प्रचार समिति, समारोह व्यवस्थापन समिति, अतिथि सत्कार समिति, चियापान समिति, अन्तरक्रिया तथा प्रतिवेदन समितिसमेत गठन गरिएको आयोजक सचिवालय समितिका सचिव प्रकाश अधिकारीले जानकारी दिए ।

कार्यक्रम दमक ८ स्थित कस्मिक पार्टी प्यालेसको सभाहलमा हुने छ ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु