८ असार, दमक ।
जिल्ला समन्वय समिति झापा नेकपा एमालेको जित निश्चित भएको छ ।
९ सदस्यीय जिल्ला समन्वय समिति चयनका लागि एमालेबाट मात्रै मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।
जिल्ला समन्वय समिति झापाको प्रमुखमा विश्वनाथ वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरुमा क्रमशः देवका वस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेद्वारी परेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । मंगलबार उम्मेद्वारी दर्ता गराउने उनीहरु सबै एमालेतर्फका हुन् ।
जिसस निर्वाचनअन्तर्गत आज बुधबार दावी विरोधको कार्यक्रम रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
दावी विरोध नभए एमालेका उम्मेद्वार प्यानलै निर्विरोध निर्वाचित हुने छन् ।
झापामा १५ स्थानीय तहबाट जिल्ला समन्वय समितिका लागि एमालेको स्पष्ट बहुमत छ ।