८ असार, काठमाडौं ।

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) कोे अध्यक्षमा पिताम्बर गुरुङ चयन भएका छन् । मंगलबार सम्पन्न जीटीनको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पिताम्बर गुरुङको अध्यक्षतामा १५ सदस्य समिति सर्वसम्मत चयन भएको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा बाबुराम गुरुङ, द्वितीय उपाध्यक्षमा बिन्दु गुरुङ, महासचिवमा जय गुरुङ, सचिवमा दीलबहादुरु गुरुङ, कोषाध्यक्षमा अविनाश गुरुङ र सहकोषाध्यक्षमा महावीर गुरुङ चयन भए ।
त्यस्तै सदस्यहरुमा धनबहादुर गुरुङ, अम्बिर गुरुङ, सञ्जिव गुरुङ, सिम्बिर घले, दिलु गुरुङ, रेनु गुरुङ, विकास गुरुङ र सुनिल गुरुङ चयन भएका हुन् ।
सो अवसरमा जीटीनका सल्लाहकार तथा नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङ ‘डाक्टर हर्क गुरुङ’ पुरस्कारबाट सम्मानित भए ।
कार्यक्रमका बीच हेरालो खबर सम्वाददाता वेदबहादुर गुरुङ (विवेक) र उनीसँगै समुननत मासिक पत्रिकका सम्वादताता महेश्वर गजृुरेल जीटीन पत्रकारिता पुरस्कारबाट सम्मानित भए ।
डाक्टर ओम गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, संघका महासचिव तथा जीटीनका संस्थापन अध्यक्ष कुलबहादुर गुरुङ, जीटीनका संस्थापक महासचिव टिकाराम गुरुङलगायतले बोलेका थिए ।

