adv

गुरु टोलिद्वारा अन्धा राजा क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न

सजन राई/दमक,९ असार । गुरु टोलिले धार्मिक तथा पर्यटकीय स्थल अन्धा राजा क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

“वातावरण सफा राखौँ,आफू पनि स्वस्थ रहौँ” भन्ने नाराका साथ चुलाचुलि-५ मा रहेको उक्त क्षेत्रमा बुधवार सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । टोलिले शिखरकटेरि देखि धार्मिक स्थल सम्म पुग्ने मार्ग लगायत त्यस परिसरको फोहोर व्यवस्थापन गरेको थियो ।

“स्वस्थ नै धन हो त्यसैले हामी स्वस्थ हुनलाई वातावरण सफा रहनु पर्छ र वातावरण सफा राख्न हामीले फोहोर गर्नु हुदैन । हाम्रो उद्देश्य नै सफा देश हो ।” सरसफाइ कार्यक्रमका संयोजक तथा टोलिका सचिव आकाश लिम्बुले बताए ।

गूरू टोली सरसफाई पछि

त्यस्तै टोलिका महासचिव अरुन बुङछेन भन्छन “वातावरण सफा राख्न प्रत्येक व्यक्तिमा चेतना आउनु पर्छ अनि घर सफा हुन्छ । घर सफा हुनु भनेको समाज सफा हुनु हो । सबै समाज सफा रहे देश आफै सफा रहन्छ । त्यसैले अब प्रत्येक व्यक्तिमा सकारात्मक सोच आउन अत्यन्तै जरुरी रहेको छ ।”

सरसफाइ कार्यक्रम देखेर खुशि भएका स्थानीयहरुले यसरि सबैले सफा गरे यो ठाउँ अझ सुन्दर हुने र स्वच्छ हावा सँगै शुद्ध खाने पानी उपलब्ध हुने वताए ।

दमक देखि करिब ८ कि.मि. को दुरिमा रहेको यो ठाउँले पदमार्गको लागि सम्भावना बोकेको छ । सरसफाइ सँगै पदमार्गको पनि प्रचार हुने भएकोले समग्रमा यो क्षेत्रको विकास तथा प्रबर्द्धनको निम्ति यस्ता कार्यक्रमहरु हुन जरुरी रहेको छ ।

राम्रो योजना तथा कार्यक्रमहरुलाई स्थानीय सरकारले पनि साथ दिएर सहयोग गर्नु पर्छ र यस्ता युवाहरुलाई सरकारले सम्मान गरे अन्य युवाहरुलाई पनि प्रेरणा हुनेछ ।

गुरू टोलिका सदस्यहरू

गुरु टोलि के हो ?

२०७८ मा झापाको दमकमा स्थापना भएको समूह हो । झापा पाँचथर इलाम र ताप्लेजुङका विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरुले मिलेर समाज सेवा गर्ने भावले सुरु गरेको थियो । विभिन्न क्षेत्रमा पीडित भएकाहरुको आवाज बन्दै गएको टोलिले आर्थिक अभाव भएका बिरामिहरुलाई आर्थिक सहयोग गर्दै आइरेको छ ।
गुरु टोलिको संस्थापक अध्यक्षमा विशाल देवान रहेका छन् ।
गुरु टोलि नाम कसरि रहन गयो ?

साथिभाईमा बोल्दा प्राय गरेर सम्मानित शब्द ‘गुरु’प्रयोग गरेको र गुरु भनिरहदा उमेरले सानो होस वा ठूलो छुट्याउनु नपर्ने हुनाले यहीँ नामलाई टोलिको नाम दिएको हो ।

Advertise Expired !

One thought on “गुरु टोलिद्वारा अन्धा राजा क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न

  1. Guru toli ko member mero respect guru haru Lai Naman ?? tapai haru ko Kam parti ucha saman yasari nai aaghadi badhaunu hoss sadhai Mero sath samarthan chha ???

Leave a Reply

सम्बन्धित शीर्षकहरु