adv

गौरीगञ्ज गाउँपालिकाको बजेट ४७ करोड माथि

१० असार, दमक ।

शुक्रबार आयोजित गाउँ सभामा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी ।

गौरीगञ्ज गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ४७ करोड २८लाख ८९ हजार ३ सय ७० रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले शुक्रबार आयोजित गाउँसभासमक्ष ४७ करोड २८ लाख बढीको बजेट प्रस्तुत गरेकी हुन् ।

न्यौपानेले आ.व. २०७९/०८० को लागि चालू व्यय तर्फ २५ करोड ८६ लाख २३ हजार, पुजीँगत तर्फ २१ करोड ४२ लाख ६६ हजार ३ सय ७० रूपैयाँ बजेट प्रस्तुत गरेकी हुन् भने आयतर्फ नेपाल सरकार समानीकरण अनुदान १३ करोड ३६ लाख, सशर्त अनुदान १८ करोड ९३ लाख, राजस्व बाँडफाँड संघीय सरकार ९ करोड ६२ लाख ३२ हजार रहेन जानकारी दिइन् ।

त्यस्तै प्रदेश सरकार समानीकरण अनुदान ७२ लाख २४ हजार, सशर्त अनुदान २६ लाख २३ हजार, राजस्व बाँडफाँड प्रदेश सरकार ९२ लाख १० हजार ३ सय ७९ हजार रूपैयाँ र अल्या आन्तरिक श्रोत २ करोड ७ लाख रहेको बताइएको छ ।

बजेट प्रस्तुत हुनु अघि गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आव.व. २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिईन् ।

गौरीगञ्ज गा.पा.ले ‘कृषि, स्वास्थ, शिक्षा, उद्योग र आर्थिक विकासमा उन्नति, दीगो विकाससहित गौरीगञ्जको समुन्नति भन्ने मूल नारा तय गरेको छ ।

माध्यमिक तह ११/१२ अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षा, एमबीबीएसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई आंशिक छात्रवृत्ति उपलब्ध गराउने जस्ता महत्वकांक्षी योजना नीति तथा कार्यक्रममा समावेश छ ।

सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवा, छोरीलाई आर्थिक रूपमा सक्षम बनाउन वैंक तथा वित्तीय संस्थामा बाल बचत खाता खोली गाउँपालिकाको तर्फबाट अनुदानको व्यवस्था मिलाउने जस्ता लोकप्रिय कार्यक्रम नीति तथा कार्यक्रममा पेश गरिएको छ ।

गौरीगञ्ज गाउँपालिले गाउँवासीलाई सर्प दंश उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था मिलाउने नीति लिएको छ । एक सहकारी एक उत्पादन अभियान सञ्चालन गरि साझेदारीको रूपमा सहकारीलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाको गत आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक भएका एक घर एक दुधालु गाई, दीर्घ रोगी नागरिकलाई उपचार खर्च उपलब्ध गराउने, दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथिलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिइएको उल्लेख छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु