adv

सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य

११ असार, दमक ।


शनिबार मध्यरातदेखि लागू हुनेगरी सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मेलन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिएका हुन् ।

उद्योग मन्त्री वडुका अनुसार सरकाले पेट्रोलमा २० रुपैयाँ र डिेजेल–मट्टीतेलमा २९ रुपैयाँ घटाएको हो । अब घटेको मूल्यअनुसार पेट्रोल १ सय ७९ रूपैयाँ र डिेजेल–मट्टीतेल १ सय ६३ रुपैयाँ प्रतिलिटर पर्न जान्छ ।

पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएको करमा कटौती गरेर मूल्य घटाइएको मन्त्री वडुको भनाइ छ ।

सरकारले पूर्वाधार करबापत पेट्रोल–डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लिँदै आएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लिइने कर कटौती गरेर मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो । नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बढाएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु