adv

थपिए २७ जना कोरोना संक्रमित

११ असार, दमक ।


नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार गरिएको ९ सय ३७ पीसीआर परीक्षणमा २३ जना र ८ सय ६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका रहेका बताइएको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ सय ८८ पुगेको छ । ती मध्ये १ सय ८१ जना होम आइसोलेसनमा बसेका छन् भने ७ जना अस्पतालमा उपचाररत छन् ।

अस्पतालमा उपचाररतमध्ये ४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ । पछिल्ला दिनमा कोरोना संक्रमित कसैको पनि ज्यान गएको छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु