adv

भारतीय राजदूत श्रीवास्तवमा आए नेपाल

११ असार, काठमाडौं ।


नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार नेपाल आएका छन् ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव शनिबार अपराह्न काठमाडौं ओर्लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक कार्यभार सम्हाल्नेछन् ।

यसअघिका भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएर गएपछि भारत सरकारले छिमेकी मुलुक नेपालका लागि श्रीवास्तवलाई राजदूत नियुक्त गरेर पठाएको हो ।

श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका हुन् भने उनीसँग अर्को छिमेकी मलुक चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भएर काम गरेको अनुभव छ ।

नेपालका लागि राजदूत नियुक्त हुनु भन्दा अघि श्रीवास्तव भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यरत थिए । उनी चीन मामिलाका जानकारका रूपमा मानिन्छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु