adv

कम्युनिष्ट पार्टी एकताका लागि वार्ता थाल्ने बामदेवको तयारी

  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी प्रस्ताव

११ असार, दमक ।


नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले कम्युनिष्ट पार्टीहरुबीच पार्टी एकताका लागि वार्ता थाल्ने तयारी गरेका छन् ।

शनिबार बसेको अभियानको बैठकमा संयोजक गौतमले पार्टी एकता बारे राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । गौतमले पेश गरेको सो प्रतिवेदनमा पार्टी एकताका लागि वार्ता कमिटी बनाउने उल्लेख छ ।

गौतमले लेखेका छन् –‘हामी नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्नेछौं ।’

प्रतिवेदनमा विप्लवलगायत अन्य जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरुसँग पनि पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता गर्ने उल्लेख छ ।

प्रतिवेदनमा खास गरी गौतमले एमाले, माओवादी केन्द्र र नेकपा एसबीचको एकता बारे जोड दिएका हुन् । उनले लेखेका छन् –‘हाम्रो प्रस्ताव मान्य भयो भने २०७५ जेठ ३ मा एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुनरोदय हुनेछ ।’

एमाले र माओवादीबीच २०७५ जेठ २ गते भएका सहमति र समझदारीहरुलाई संशोधन गरेर गौतमले पार्टी एकताका आधार बारे प्रस्ताव अघि सारेका हुन् । उनले एकतापछिको नेकपामा १ जना मात्रै अध्यक्ष राख्नु उपयुक्त हुने धारणा अघि सारेका छन् । गौतमको प्रतिवेदन भन्छ –‘पुनः एकीकृत पार्टीमा एउटा अध्यक्ष र एक सहअध्यक्ष वा मानर्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुनेछ ।’

उनले संविधान संशोधन गरेर मुलुकको शासकीय प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने माग गर्दै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रपति, मुख्यमन्त्री र पालिका प्रमुखमा मात्र स्वतन्त्र उम्मेदवारी दिने पाउने व्यवस्था गर्ने प्रस्ताव गौतमको छ ।

गौतमबाट प्रस्तुत राजनीतिक प्रतिवेन तल दिइएको लिंकमा उपलब्ध छ :

बामदेव गौतमको कम्युनिष्ट पार्टीहरुबीच पार्टी एकताको प्रस्ताव

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु