adv

सिभुवामा प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर

१२ असार, संखुवासभा ।

शिविरमा स्वास्थ्य परीक्षण गराउँदै एक महिला । तस्वीर : जगत देवान ।

पाँचखपन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने किशोरी महिला तथा जेष्ठ नागरिकहरुको लागि प्रजनन स्वास्थ्य सेवा सम्बन्धि निःशुल्क स्क्रीनिङ शिविर सञ्चालन भएको छ ।

पाँचखपन ३ स्थित आइतबारे आधारभूत विद्यालय सिभुवामा आइतबार सम्पन्न स्वास्थ्य शिविरमा विद्यालयमा अध्ययनरत छात्रा र महिला जेष्ठ नागरिक गरी १ सय ४० जनाले निःशुल्क सेवा लिएका पाँचखपन ३ का वडा अध्यक्ष शुक्रराज राईले जानकारी दिए ।

गाउँघरमा स्वास्थ्य चेतनाको अभावका कारण महिलाहरुमा प्रजनन स्वास्थ्य सम्बन्धि समस्या बढ्दै गएका कारण सो को न्यूनीकरणका लागि शिविर सञ्चालन गरिएको वडा अध्यक्ष राईको भनाइ छ ।

सुनौलो परिवार संखुवासभाको प्राविधिको सहयोगमा सम्पन्न शिविर सञ्चालनका लागि स्वास्थ्य शाखा सह–संयोजक घनेन्द्र पौडेली र करुण शाक्य, आद्यारभूत स्वास्थ्य केन्द्र सिभुवाकी मञ्जु भट्टराई, शहरी स्वास्थ्य केन्द्र सिभुवाकी शर्मिला याक्खा, वाना प्राथमिक स्वास्थ्य केन्द्रकी अञ्जु श्रेष्ठ, सुनौलो परिवार नेपालकी प्रज्ञा पौडेल र मिना राईले स्वास्थ्य जाँच तथा परामर्श गरेका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु