adv

महेन्द्र बहुमुखी क्याम्पस र सवियुबीच ११ बुँदे सहमति

१२ असार, धरान ।

आइतबार क्याम्पस प्रशासनसँग ११ बुँदे सहमतिपछि प्रसन्न मुद्रामा सवियुका विद्यार्थी नेताहरु ।

महेन्द्र बहुमुखी क्याम्पस धरान र समाजवादी विद्यार्थी युनियनबीच ११ बुँदे सहमति भएको छ ।

समाजवादी विद्यार्थी युनियनले गत असार ३ गते शैक्षिक तथा व्यवस्थापन सुधारको लागि विभिन्न माग राख्दै क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको थियो ।

आइतबार प्रशासन र विद्यार्थी पक्षबीच भएको सहमति अनुसार पठनपाठन व्यवस्थित गर्न कर्मचारी र शिक्षकको डिजिटल हाजिरीका लागि आवश्यक पहल गर्ने, नयाँ शौचालय निर्माणका लागि असार मसान्त अगावै टेन्डर आह्वान गरेर निर्माण कार्य अगाडि बढाउने, कर्मचारी दरबन्दी थप गर्न स्वीकृतिको लागि विश्वविद्यालयमा जाने सहमति भएका छन् ।

त्यस्तै दुई पक्षबीच डिजिटल पुस्तकालय निर्माण र प्रतिविद्यार्थी पहिलो चरणमा मूल पुस्तक २ वटा र एउटा रिफ्रेन्स पुस्तक वितरण गर्ने, आन्तरिक परीक्षा तत्काल यही शैक्षिक वर्षबाट पुनः सुरु गर्ने, मानबिकी र व्यवस्थापन संकाय सरह शिक्षा संकायमा पनि २० प्रतिशत छात्रवृत्ति दिने, नयाँ सभाहल र छाात्रावास निर्माणका लागि संयुक्त पहल गर्नेलगायत सहमति भएको हो ।

वार्तामा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख दामोदर भण्डारी र प्रशासकीय प्रमुख फडिन्द्र निरौला सहभागी थिए भने समाजवादी विद्यार्थी युनियनको तर्फबाट क्याम्पस इकाई अध्यक्ष युवराज राई, उपाध्यक्ष विजय राई, सहसचिव सबिर सिं यक्सो, अर्जुन लाबुङ, बिश्वजित राई, छेन्बी राई, अनिश बस्नेत, अरिना राई, मनिसा राई लगायत सहभागी थिए ।

सवियु महेन्द्र बहुमुखी क्याम्पस इकाई समिति र क्याम्पस प्रशासनका बीचमा शैक्षिक र व्यवस्थापकीय सुधार गर्ने बारे ११ बुँदे सहमति भएको क्याम्पसका स्ववियु सभापति सागर सरगम चेम्जोङले पुष्टि गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु