१२ असार, दमक ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार राति मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
सत्ता गठबन्धनको एउटा दल नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्री प्रस्ताव गरेर पठाएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
पुनर्गठित नयाँ मन्त्रिपरिषद्मा नेकपा एसका तर्फबाट एक पुराना राज्यमन्त्रीसहित चार जना नयाँ अनुहारले प्रवेश पाएका छन् ।
पर्यटनमन्त्रीको जिम्मेवारीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीको जिम्मेवारीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा भवानीप्रसाद खापुङ चयन भएका छन् । उनी यसअघि सोही मन्त्रालयमा राज्यमन्त्री थिए । त्यस्तै श्रम, रोजगार तथा सामाजिक मन्त्रीको जिम्मेवारी शेरबहादुर कुँवरले पाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीराचन्द्र केसीले चित्त बुझाएका छन् ।

