१२ असार, माङसेबुङ ।

इलामको माङसेबुङमा आइतबारदेखि पत्रकारितामा फिचर लेखन तालिम सुरु भएको छ ।
माङसेबुङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राईले दीप प्रज्जलन गरेर तालिमको उद्घाटन गरेका हुन् ।
असार १६ गतसम्म चल्ने तालिममा पालिकाका ६ वटा वडाबाट एक–एक जना र स्थानीयस्तरमा पत्रकारिता गरिरहेका समेत गरी १८ जनाको सहभागिता रहेको माङसेबुङ मासिकका कार्यकारी सम्पादक ज्ञानु केदेमले जानकारी दिए ।
माङसेबुङस्थित सरस्वती मा.वि. को सभाहलमा सञ्चालित तालिममा सञ्चारकर्मीद्वय कमन देवान र आङबुहाङ अबोध अविरललेसहजीकरण गर्दै छन् ।
माङसेबुङ पब्लिकेसन्स एण्ड मिडिया प्रा.लि.को आयोजना र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो ।
पब्लिकेशनबाट प्रकाशित माङसेबुङ मासिकका कार्यकारी सम्पादक केदेमको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सह सम्पादक काकीराम लावतीको सञ्चालन रहेको थियो भने स्वागत प्रमुख सम्वाददाता सङसेमी माङयुङले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष राई, समाजसेवी धड्कन सङबाङफेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।


