adv

दमकमा ३ दिने कौसी खेती तालिम सुरु

१९ असार, दमक ।

दमक नगरपालिकाको प्रशासनिक भवन ।

दमक नगरपालिकाको वातावरण समितिको आयोजनामा आइतबारबाट ३ दिने कौसी खेती तालिम सुरु भएको छ ।

नरपालिकाको कौसी खेती तथा हरियाली प्रबद्र्धन कार्यक्रमअन्तर्गत तालिम आयोजना गरिएको वातावरण समिति संयोजक एवम् दमक वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।

तालिममा नगरका विभिन्न टोलहरुबाट सहभागी रहेका बताइएको छ ।

तालिम उद्घाटनमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईंलगायतले बोलेका थिए ।

वक्ताहरुले सानो ठाउँमै पनि मेहनत गरेर तरकारी उत्पादन गर्दा घर परिवारका लागि तरकारी किन्न नपर्ने, विषाधिरहित तरकारी खान पाइने र घरको फोहर मैला व्यवस्थापनमा पनि मद्दत पुग्ने बताएका थिए ।

दमक नगरपालिकाको आर्थिक लगानीमा आयोजित ३ दिने तालिमलाई रामकुमार राईले सहजीकरण गर्दैछन् ।

सहभागीहरुलाई घरमै उत्पादन भएको फोहरबाट मल बनाउने र घरेलु विषादि तयार गर्ने उपकरणहरु पनि प्रदान गरिने नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु