adv

जसपाले फेर्यो तीन मन्त्री, राजेन्द्र श्रेष्ठ मन्त्रीमा यथावत

२० असार, दमक ।


जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना पुराना तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको छ ।
जसपाले सोमबार मन्त्रीहरु महेन्द्र राय यादव, रेणु यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर क्रमशः मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, मोहमद इस्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा पठाएको हो ।
पुराना मन्त्रीमा सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका राजेन्द्र श्रेष्ठलाई भने यथावत राखिएको छ ।
सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपषिद्को नयाँ रोष्टरमा जसपाबाट पठाइएका नयाँ तीन मन्त्रीको नाम समावेश छ ।
जसपाभित्र पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षबीच सहमतिमै पार्टी विभाजनका लागि तयार रहेको विषय सार्वजनिक भइरहेका बेला मन्त्री हेरफेर हुनुलाई चासोका साथ हेरिएको छ ।

नवनियुक्त मन्त्रीहरुको शपथ साँझ ४ बजे गरिने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु