adv

७ प्रदेशको खाकाले पहिचानलाई सम्बोधन गर्दैन – जसपा नेता चेम्जोङ

झापा । जनता समाजवादी पार्टी नेपाल (जसपा)का कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले ७ प्रदेशसहितको संघीय खाकाले वास्तविक पहिचानको आन्दोलन र मागलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

पूर्व मन्त्रीसमेत रहेका नेता चेम्जोङले पहिचानको वास्तविक माग र मुद्दा सम्बोधन गराउन गलत संघीय संरचनामै सुधार गर्न आवश्यक रहेको बताएका हुन् ।

सात प्रदेशको संघीय संरचना कसरी सुधार गर्ने त ? भन्ने हरप्रहर न्यूजको प्रश्नमा उनले भने -‘हामी जसपाको तर्फबाट शान्तिपूर्ण दवाव र जन समर्थन बाटै यो काम गर्छौं । हाम्रो नीति यो हो ।’
अन्य ६ वटा प्रदेशको नामाकरण हुँदा मधेस बाहेकका प्रदेशहरु संघीयताको मर्म अनुसार नबनेको टिप्पणी गर्दै चेम्जोङले भने -‘अब नाम राख्न बाँकी रहेको प्रदेश नम्ब्र १ को नाम पनि पहिचानको आधारमा नामाकरण हुने सम्भावना न्यून छ । किनकि प्रदेश सभामा बहुमत एमाले र कांग्रेसको छ । उनीहरु कोशी, सगरमाथा जस्ता नाम राख्न बल गरिरहेका छन् ।’

प्रदेश नम्बर १ को नामाकरण ‘लिम्बूवान किरात’ हुनुपर्ने माग उठिरहेको छ नि ! भन्ने प्रश्नमा जसपा विदेश विभाग प्रमुखसमेत रहेका चेम्जोङ भन्छन् -‘प्रदेश १ को मेजर क्लष्टरलाई सम्बोधन गर्ने हिसाबले लिम्बुवान किरात नाम राख्दा केही हदसम्म ठीकै हुन्छ । तर संघवादको सिद्धान्त अनुसार त्यहाँ मधेस क्लष्टर र हिमालको शेर्पा क्लष्टर छुट्न पुग्छ । अन्य समुदायको भावना समेटिन्न ।’
समस्याको दिगो समाधान खोज्ने हो भने सात प्रदेशको गलत संघीय संरचना खारेज गरेर संघीयताको मर्म अनुसार सबै पहिचानका आकांक्षालाई सम्बोधन गर्न सक्ने संघीय खाकाको पुनर्संरचना आवश्यक हुने उनको भनाई छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु