adv

आगलागीबाट नाङ्लो रेष्टुरेन्ट नष्ट

३० असार, विराटनगर ।


विराटनगरस्थित तीनपैनी चोकको नाङ्लो रेष्टुरेन्टमा बिहीबार दिउँसो आगलागी भएको छ ।

आगलागीबाट रेष्टुरेन्ट पूर्ण रूपमा जलेको हो । प्रहरीले दिएको जानकारी अनुसार रेष्टुरेन्टको सम्पूर्ण भाग जेलेर नष्ट भएको छ ।

रेष्टुरेन्मा लागेको आगो सल्किएर नजिकै रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।

आगो निभाइए पनि क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु