adv

घाँसी दिवसमा कविता प्रतियोगिता

३१ असार, दमक ।


नेपाल आदिवासी जनजाती महासंघ साहित्यकार/लेखक महासंघ, यूकेको आयोजनामा साउन ३ गते मंगलबार दोस्रो ऐतिहासिक ‘घाँसी खड्ग ठाडा मगर जयन्ती खुल्ला कविता वाचन प्रतियोगिता’ हुने भएको छ ।

राजधानीको तमु बौद्ध सेवा समिति अनामनगरमा हुने प्रतियोगिताका प्रथमले नगद १५ हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

आयोजक संस्थाका संयोजक अमित थेबेले आदिकवि भानुभक्तलाई समेत कृति लेखनका लागि प्रेरित गर्ने घाँसी खड्ग ठाडा मगरको योगदानलाई स्मरण गर्न उनको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

प्रतियोगितामा समावेश हुने कविहरुका लागि आयोजकले शर्त पनि राखेको छ । जस अन्तर्गत कविहरुले लखेको कविता घाँसी खड्ग ठाडा मगर जयन्ती विषयमा केन्द्रित हुनुपर्ने, सम्पूर्ण सहभागी कविहरूले आफ्नो लिखित मौलिक कविता २०७९ साउन १ गतेसम्ममा ईमेल मार्फत पेश गर्नु पर्ने उल्लेख छ ।

प्रतियोगिताको निर्णय मण्डलको निर्णय नै अन्तिम हुने तथा प्रतियोगितामा संकलित सम्पूर्ण कविताहरू प्रकाशन गर्ने अधिकार आयोजकलाई हुने बताइएको छ ।

आयोजकले कविता सम्प्रेषित गर्न निम्न इमेल ठेगानासमेत सार्वजनिक गरेको छ ।

kajikisan@gmail.com
amityakthumba@gmail.com

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु