adv

प्रचण्ड र भारतीय विदेश मन्त्री भेट, सन्धि पुनरावलोकनमा जोड

३२ असार, दमक ।

प्रचण्ड र भारतीय विदेश मन्त्री जयशंकर भेट । फोटो : विदेश मन्त्री जयशंकरको ट्वीटर एकाउन्टबाट साभार ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

शनिबार नयाँ दिल्लीमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत गर्दै भेट भएको पुष्टि गर्दै प्रचण्डलाई स्वगत गर्न पाउँदा खुशी लागेको उल्ल्ेख गरेका हुन् ।

दुई छिमेकी देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र विशेषगरी आर्थिक सहकार्य गर्नेबारेमा छलफल भएको जयशंकरले ट्वीटमा भनेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबारदेखि भारत भ्रमणमा छन् ।

जयशंकरले भनेका छन् –‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्घिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’

प्रचण्डले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने बताइएको छ ।

त्यस्तै भोलि उनले भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यतालिका छ ।

प्रचण्ड आइतबार स्वादेश फर्कने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

१९५० को सन्धि पुनरावलोकनमा जोड

यसैबीच शनिबार नै आयोजित फरक एक कार्यक्रममा प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

भारतको राजधानी नयाँदिल्लीस्थित फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीको कार्यक्रममा बोल्दै उनले सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका हुन् ।

कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने प्रचण्डको जिकिर थियो ।

उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने धारणा राखेका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु