२ साउन,दमक ।

सोमबार थप ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो ।
२ हजार ३ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८६ जना र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये १ हजार ७ सय १ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १५ जनाको आईसीयू र एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयको भनाइ छ ।
सोमबार थप एक जनाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउने ११ हजार ९ सय ५४ जना पुगेका छन् भने नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ७ सय ९३ पुगेको छ ।

