adv

यूकेमा गर्मी आतंक

३ साउन, दमक । (एजेन्सीको सहयोगमा)


तापक्रम ३८.१ डिग्री सेल्सियस पुगेपछि बेलायतमा सामेबार सो तापक्रम नै यस वर्षको सबैभन्दा गर्मी दिन कायम भएको छ । युकेवासीका लागि थप चिन्ता के छ भने मौसमविद्हरूले मंलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् ।

स्यान्टन डाउनह्याम, सफोकमा सोमबार रेकडै गरिएको सो तापमान उच्च भएको मानिएको छ भने त्यसबाहेक प्राय ठाउँको तापक्रम ३७ डिग्री सेल्सियस नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

यूकेको मौसम पूर्वानुमान सम्बन्धी कार्यालयले सोमबार र मंगलबार इङ्ल्यान्डका धेरैजस्तो क्षेत्रमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने र अत्यधिक गर्मी हुने चेतावनी दिएको थियो ।

सन् २०१९ मा केम्ब्रीजमा मापन गरिएको ३८.७ डिग्री सेल्सियस यूकेको हालसम्मको उच्च तापक्रम हो ।

त्यसअघि सन् २००३ मा केन्टको फाभरशाको तापक्रम ३८.५ डिग्री मापन गरिएको थियो । त्यसैले सामेबार त्यहाँको हालसम्मकै तेस्रो सर्वाधिक गर्मी दिन र यो वर्षको सबैभन्दा गर्मी दिन बन्यो ।

रातको समयमा मध्ये २४–२५ डिग्री सेल्सियसको हाराहारीसहित तापक्रम उच्च रहने पूर्वानुमान गरिएको छ ।

मंगलबार यूकेको पश्चिमी भूभागमा दिन केही शीतल हुनसक्छ तर मिडल्यान्ड्स र इङ्गल्यान्डको पूर्वी भागहरूमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारी रहन सक्छ । लिन्कनशायरमा तापमान ४२ डिग्री सेल्सियस पुग्न सक्ने सम्भावना आकलन गरिएको बीबीसी मौसम प्रस्तोता बेन रिचले भनेका छन् ।

गर्मीका कारण केही विद्यालयहरू चाँडै बन्द गरिएका थिए भने केही सञ्चालन नै गरिएन । यद्यपि, सरकारले पठनपाठन ठप्प नपार्न निर्देशन दिएको छ ।

नेटवर्क रेलले मानिसहरूलाई सोमवार र मंगलबार ‘अत्यावश्यक भएमा मात्र यात्रा गर्न’ भनेको थियो । तीमध्ये केही रेलको सञ्चालन रद्द भयो र सञ्चालन भएका रेलको गतिमा प्रतिबन्ध लगाइएको छ ।

रक्षा मन्त्रालयका अनुसार अक्सफोर्डशायरस्थित एक धावनमार्गको सतह पग्लिएको विवरण आएपछि विमानहरूले वैकल्पिक एअरफिल्डहरू प्रयोग गरिरहेका छन् ।

त्यस्तै चरम तातो मौसमका कारण धावनमार्गको एक भाग उचालिए पछि लुटन विमानस्थलमा उडानहरू स्थगित गरिएको विमानस्थलले जनाएको छ ।

इजीजेटका अनुसार केही उडानहरू नजिकैको विमानस्थलहरूतर्फ मोडिएको छ भने केही रद्द गरिएको छ ।

स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा पनि सोमबार वर्षको सबैभन्दा गर्मी दिन रह्यो । अबोइन, एबर्डिनशायरमा ३१.३ डिग्री सेल्सियस र डेरिलिन, काउन्टी फर्मानागमा ३१.१ डिग्री सेल्सियस तापक्रम थियो ।

लन्डन, केम्ब्रीज, सरे र सफोकका अन्य ठाउँहरूमा ३७ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम मापन गरिएको थियो ।

३६ डिग्री सेल्सियस तापक्रमसहित कर्नवालमा सर्वाधिक तातो दिन रह्यो ।

इङ्गल्यान्ड, वेल्स र स्कटल्यान्डका केही भागहरूमा चेतावनीका दिइएको छ जसले लन्डनदेखि योर्क र म्यानचेस्टरसम्म ठूलो क्षेत्रलाई समेट्छ ।

  • आपत्कालको चेतावनी

गत वर्षदेखि प्रयोगमा भएको रङ्गको आधारमा चेतावनी दिइने प्रणाली लागू भएयता, मौसम विभागले पहिलोपटक रातो चेतावनी दिएको हो ।

त्यसको मतलब  ‘मानिस र भौतिक पूर्वाधारमा व्यापक प्रभाव को सम्भावना रहन्छ’ र दैनिक कार्यमा व्यापक परिवर्तन आवश्यक हुन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु