४ साउन, दमक ।

झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा विद्युत् सर्ट भएर आगो लाग्दा ६ वटा घर जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार सिमलडाँगीका अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर आगोले पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगो सल्किएपछि अन्य छिमेकीको घरसमेत जलेको बताइएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले निभाएका थिए ।

