५ साउन, दमक ।
प्रतिनिधि सभा (संघीय संसद्) बैठक आज बिहीबार बस्दैछ ।
संसद् सचिवालयले दिएको जानकारी अनुसार बिहीबार दिउँसो १ बजे बैठक बस्ने छ ।
बिहीबारको संसद् बैठकमा दुई विधेयक पेश हुने संसद् सचिवालयको कार्यसूचिमा उल्ल्ेख छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।